रेखा::

त्यो हत्केलामा हराएको सपना,
घाउले गहिरिएको छाला।

गालामा चिपिक्क सुकेको आँशु,

त्यो मैलिएको निधारमा धमिलिएको कर्म।।
उ बडबडाउँछ, आत्तिएर होइन।

उ लडबडाउँछ, मात्तिएर होइन।

ढुंगालाई घोटी घोटी हिरा फोड्ने उस्को रहर होइन।

टल्-टलाउदो सुर्यको छहारीमा ढल्पलाउँने उस्को प्रहर होइन।।
तर, त्यो हत्केलामा हराएको सपना।

अनि, अमुल्य गहनामा रङ्गिएको मर्म।।

Leave a comment