अपवित्र सागर

अध्यारो त्यो कोठामा, पूर्वतिरको झ्यालबाट जुनेली रातको आभाश हुन्छ ।
बाहिर रुखका पातहरु हावाको बेघ सँग झुमिरहेको, त्यही धुनमा सुर मिलौदै उल्लुहरु ‘गुटुर्गु’ गर्दै ।
अगाडीको सडक पनि खाली नै, पर-पर सम्मा कोही देखिदैन ।
केवल बगैचामा फुलेका फुलहरु आपसमा सुगन्ध साटदै छन ।
घरका भित्ताहरु चर्किएर आफ्ना पिडा पोखन खोज्दै छन ।

यही सुन्यतामा, झ्याल सँगैको कुना बाट ‘घुँक्-घुँक्’ आवाज आइरहेछ ।
सिरानीलाई छातिमा टासी हातले घुडा अङल्दै, बिछ्यौनामा लडेर आमुल्य मोतिका दाना जस्तै, तन्ना रुझ्ने गरी आँशुको पोखरी भर्दैछन ।
लाग्छ अब त्यो पोखरिमा प्राण भरेर आइ, जीवन तैरिनेछ ।
त्यस्को गहिराइमा जलमानवहरुले आफ्ना घर बनाइ, साना-साना किन्नर किन्नरिहरु सँग खेल्नेछन ।
त्यो आँशुको पोखरी आफैमा एउटा बिशाल सङ्सारझै देखिन्छ ।
तर, त्यो सागरको शृस्टी कर्ता आफै पिडामा झिन्झोलिएकोछ ।
त्यो ताललाई आफ्नो जीवनको सारा मर्मले पुर्दैछ ।
त्यहाँ, उस्को मनको आवाज सुनिदिने कोही छैन ।
केवल छन त आकशमा हजरौं ताराहरु, अनि बगैँचामा त्यही ताराहरु जस्तै ‘चम्-चम्’ चम्किरहने जुन्किरिहरु ।
तर तिनिहरुलेपनी उस्को मनमा आएको बिशाल समुद्री आन्धी जस्तो छाललाई रोक्न सकेन्न, न त कुनै बाधलेनै थाम्न सक्यो ।
अनि त्यो सब्बै दुखको लहर पाहाड्मा मुल फुटेर आएको झर्ना जस्तै आँशु बनी झर्दै थियो ।

जसरि दलिनको कुनामा, सानो एउटा माकुरो आफ्नो जालो बुन्दै थियो, उ पनी आफ्नो मस्तिस्कमा सारा जीवन समेट्दै स्मृतिको जालो बुन्दै थियो ।
कसरी एक-एक गर्दै सबै चिनेका-जानेका, इस्टमित्र, साथी-भाइ, प्रियजनहरु सब टाढिदै, बिछदिदै गए ।
कसरी सबको साथ छुट्यो । र अब उस्को एउटाै भएको प्रियेलेपनी साथ टुटाइ एक्लो पारेर गइ ।
त्यो अध्यारो कोठामा उस्लाई साथ दिने उस्को प्रान बहेक्ज अरु कोही रहेन ।
तर त्यो प्रानलेपनी उस्लाई धोखा दियो ।
मोतिका सागर्, रातो रङले मैलियो ।
बिस्तारै त्यस्मा रगतको खोलो मिसियो अनि सब त्यँही अमुर्त सारीर छोडेर धर्तिमा बिलिन भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s